कारखाना अनलाइन सिकाई चौतारी

Karkhana
December 29, 2020

कारखाना अनलाइन सिकाई चौतारी

कोभिद-१९ विश्वव्यापी महामारीको जटिल स्थितिले हामी सबैमा अन्योलता र डरको भावना सिर्जना गरेको छ। यसै बिचमा अभिभावकहरु पनि एकदमै कठिन परिस्थितिमा हुनुहुन्छ। विधालयहरु संचालनमा नभएको अवस्थामा आफ्ना बाबुनानीहरुको शिक्षक देखि साथी सम्म हरेक भूमिका निर्वाह गर्नु परिरहेको छ। यहि समयमा अभिभावकहरु आफ्नो कोभिद-१९ प्यारेन्टिंगको कथाहरु, समस्याहरु, आफुले अपनाउनु भएको विभिन्न प्यारेन्टिंगका तरिकाहरु बाढ्नका लागि कारखानाले एउटा अभिभावकहरुका लागी एक ज्ञान सिक्न र बाढ्न डिजिटल समुदायको सुरुवात गरेको छ।
कारखाना अनलाइन सिकाई चौतारी नामक यस Facebook Groupमा हालसम्म सय भन्दा बढी सदस्यहरु संलग्न गर्न सकेको छौं। हाम्रो यो ग्रुपलाइ नेपाली अभिभावकहरुका लागि एक व्यवस्थित र उपयोगी डिजिटल प्यारेन्टिंग समुदायको रुपमा चिनाउन खोजेका छौँ। यस  चौतारीको मुख्य उदेश्य भनेको इच्छुक र केहि सिक्न चाहने अभिभावकहरुलाई  विशिष्त  र समय सापक्ष्य सामग्रीको साथ सहायता गर्नु हो। यदि हजुर पनि ५ देखि १५ उमेरका बाबुनानीहरुको अभिभावक हुनुहुन्छ भने तल दिइएको लिंकबाट जोडिन सक्नुहुन्छ।

FB ग्रुप लिंक: facebook.com/groups/nepaliparents

Form लिंक: https://bit.ly/AbhibhawakSikaiChautari