अहिले बच्चाहरूको सम्पूर्ण पुस्ता स्मार्टफोन, ट्याब्लेटहरू, र अन्य इन्टरनेट सक्षम इलेक्ट्रॉनिक उपकरणहरूको साथ बढ्दैछ। यसका कारण धेरै अभिभावक चिन्तित छन्। त्यसैले हामी घरमै सजिलै गर्न सकिने पाँच सजिला hands-on क्रियाकलाप लिएर आएकाछौँ :
आफ्ना नानीबाबुहरूलाइ कागजको प्रयोग गरेर विभिन्न प्रकारका प्लेन र फिरफिरे बनाउन दिनुहोस्। विभिन्न डिजाइन र उडान क्षमताका प्लेनहरू बनाउने प्रक्रियाहरू इन्टरनेटमा खोजेर पनि बनाउन सकिन्छ। कारखानाको वेबसाइटमा गएर पनि लुप ग्लाईडर कसरी बनाउने सिक्न सकिन्छ
यसबाट सिक्न सक्ने पाठहरू:
विभिन्न खेल्ने कार्ड र लुडोको डाइस प्रयोग गरेर गणितका खेलहरु खेल्न सकिन्छ। गुणन फल (Multiplication table) याद गर्ने पनि खेलहरु खेल्न सकिन्छ।
https://www.weareteachers.com/math-card-games/
यो सजिलो र धेरै समान प्रयोग नहुने तर रमाइलो क्रियाकलाप हो। नानीबाबुहरूलाइ घरभरि घुमेर आफ्ना पाँच इन्द्रियले महसुस (देखेको कुरा, सुघेको बास्ना, स्वाद लिनसक्ने कुरा, छोएर महसुस गरेको कुरा, सुनेको आवाज) गर्न सक्ने ४ ४ वटा बस्तुहरु खोज्न लागाउनुहोस् र सो वस्तुहरुको नाम कापीमा लेखेर ल्याउन लगाउनुहोस्। यसलाई विभिन्न पाठमा प्रयोग गर्न सकिन्छ।
नानीबाबुहरूलाई आफैले प्रश्नहरु बनाएर घरका सदस्यको अन्तर्वार्ता लिन लगाउनुहोस र सो अन्तर्वार्ताको बारेमा प्रस्तुति दिन लगाउनुहोस्। यो सरल तथा रमाइलो क्रियाकलापबाट उनीहरुको र घरका सदस्यको सम्बन्ध झनै गाढा हुन्छ भने उनीहरुले विभिन्न सिप प्रयोग पनि गर्छन।
घरमा भएका पुराना खेलौनाहरु र सकिएका ब्याट्री, रबर, पानीको बोतल जस्ता सामाग्री प्रयोग गरेर केहि सिर्जनशील बनाउने र आफुले बनाएको कुरालाई प्रस्तुत गर्ने। यो बनाउदा केही औजारहरूको प्रयोग गर्नुपर्ने खण्डमा सहयोग गरिदिनुहोला र उनीहरुले बनाएका कुरालाई सकारात्मक टिप्पणी दिएर हौसला दिनुहोला।