घरमा भएको समानहरु बटुलेर आफ्नै कफी मिक्सर बनाएँ।: प्रत्युष लाल श्रेष्ठ

Karkhana
December 29, 2020

आजकल फिटेर कफी खाने ट्रेन्ड देखेर मलाई पनि त्यस्तै कफी खान मन लग्यो। किचनमा  गएर मामूलाई मिक्सर मागेको, अस्तिनै देखि बिग्रेको छ भन्नुभयो। अनि मैले आफूसंग भएको र घरमा भएको समानहरू बटुलेर आफ्नै कफी मिक्सर बनाएँ। लकडाउनको बेला घरमै भएको सामान प्रयोग गरेर रमाइलो र  क्रिएटिभ काम गर्न मज्जाले मिल्छ।’ : प्रत्युष लाल श्रेष्ठ 

भनिन्छ  हरेक संकट एक सिक्ने अवसर पनि हो, १५ वर्षका प्रत्युषले पनि अहिलेको परिस्थितिलाई एउटा सिक्ने अवसरकै रुपमा लिएका छन्। कारखानाका विद्यार्थी प्रत्युष प्रिमियर इन्टरनेसनल स्कूलमा अध्ययनरत छन् र SEE परीक्षाको लागि तयारीमा  व्यस्त छन्। ऊ आफ्नो फ्री टाइममा घरमा भएका संसाधनहरूको प्रयोग गरेर केही नयाँ कुरा निर्माण गर्न र समस्याहरू समाधान गर्न रुचाउँछन्।

यो कथा उनकोरचनात्मक साहस मध्ये एक हो। आजकल फिटेर कफी खाने ट्रेन्ड देखेर प्रत्युषलाई पनि त्यस्तै कफी खान मन लागेछ। किचनमा  गएर मामूलाई ह्यान्ड मिक्सर माग्दा अस्तिनै देखि बिग्रेको कुरा जानकारी भयो। अनि निराश नभई उनले आफूसंग भएको र घरमा भएको समानहरू बटुलेर आफ्नै कफी  मिक्सर बनाए। कारखानाको क्रिएटिभ क्लासहरूबाट सिकेका कुराहरूलाई ध्यानमा राखी उनले एउटा मोटर र एउटा स्विच जोडी र घरमा भएका केही स्पेयर पार्ट्स प्रयोग गरेर मिक्सर अपरेट गरे।

अहिले पनि उनले निर्माण गरेको ह्यान्ड मिक्सरले उनको मामूलाई केक ब्याटर बनाउन र अरु कुरामा पनि सहयोग भएको छ। यस बाहेक प्रत्युषले आफ्नो आउँदै गरेको SEE परीक्षाको लागि अध्ययन गर्न अनलाइन कक्षा लिइरहेका छन्। उनलाई पढ्न खेल्न पनि उत्तिकै मनपर्छ। उनको विचारमा लकडाउनको बेला अन्य बालबालिकाहरूले पनि घरमा उपलब्ध समानहरूको उपयोग गरी केही रोचक सामग्री बनाउन सक्छन्।

 

 

येस्तै रमाइलो कथाहरु, हजुरहरुको बालबालिकाको पनि छ भनि हामीलाई शयर गर्नुहोला। info@karkhana.asia वा  monika@karkhana.asia

घर बसेर बालबालिकाहरु लाई सिक्ने र सिकाउने रमाइलो DIYहरु यहाँ  https://karkhana.asia/blogs/keep-learning-in-covid हेर्नुहोला।